दफा १०
परिषद्को कोष
(१) परिषद्को एउटा छुट्टै कोष हुनेछ ।
(२) परिषद्को कोषमा श्री ५ को सरकार, कुनै व्यक्ति वा संस्थाबाट प्राप्त हुने अनुदान तथा परिषद्ले उठाउने अन्य शुल्क आदिबाट प्राप्त हुने रकम जम्मा गरिनेछ ।
(३) परिषद्को कोषको सञ्चालन परिषद्ले तोकेको पार्षद् र परिषद्ले तोकेको परिषद्को कर्मचारीको संयुक्त दस्तखतबाट गरिनेछ ।
(४) परिषद्ले तोकेको लेखा परीक्षकले प्रत्येक वर्ष परिषद्को लेखा परीक्षण गर्नेछ ।